कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले निलम्बित
काठमाडौं । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले निलम्बिनमा परेका छन् ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार वाग्लेलाई निलम्बन गरेको हो । वाग्ले निलम्बनमा पर्नुअघि कोशी प्रदेश सरकारले दुई पटक स्पष्टीकरण सोधेको थियो । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।
कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम नलेखेपछि स्पष्टीकरण सोधेको थियो । तर दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि उनललाई कोशी प्रदेश सरकारले उनलाई निलम्बन गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।