विष्णु रिमालले भनेको कुराको प्रतिवाद गर्दिन- हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका नेता विष्णु रिमालले भनेको कुराको प्रतिवाद नगर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिमालले दिएको प्रतिक्रिया आफ्नो समर्थक र शुभचिन्तकमाँझ राख्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘‘बिष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु !’’

यसअघि नेता रिमाले एक सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीको फेजबुक पेजमा लाइक बढाउनुपर्छ भन्ने विषयमा हर्क साम्पाङलाई बौलाहा भन्ने शब्द प्रयोग गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *