नेको इन्सुरेन्स २८ औं बर्षमा


काठमाडौं । नेको इन्सुुरेन्स कम्पनी २८ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ बर्ष औं वार्षिक उत्सव सम्पन् गरेको हो । विगतका बर्षहरुदेखि नै यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले सेवा संचालनको २८ औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरुबीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ । साथै, यसै उपलक्ष्यमा विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूूलक कार्यक्रमहरु सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *