पिउँदै मातिएर गाँऊने हो–समाजवाद बबुआ,धीरे–धीरे आई
बीकृति बिरुद्ध बोल्ने आँट लिनपनि स्वास्थको लागि हानीकारक मदिरा पिएर नै मात्तीनु पर्ने ? देशको मात्तीएको राजनीतिक ब्यबहार अनुकूल अब जनमन पनि भलादमी भएर नहुने रहेछ बरु मात्तीएर नै राष्ट्रघात एबं बेथीती र बीकृतिको बिरोधमा बोल्नु पर्छ भन्न खातिर केही दिन अगाडि बिहानको डुलाइमा साथीहरुले चलाई रहेको जोश जगाउने ब्यापारशाला हेरियो ।
मदिरा पिउनु स्वास्थको लागि हानीकारक भनेर भने पनि हेरेको मात्र हो है खाने गरेको चाहीं छैन । हैट ! हाम्रा नेताहरुले समाजबाद औ लोकतन्त्रको नाममा बनावोटी अभिनय गर्न कस्तो सकेका तल उल्लेख गरेको अभिताभ बच्चनको भारतीय चलचित्र शरावीको अभिनय जस्तै ः
“एक दिन टीवी पर ‘शराबी’ पिक्चर देखते हुए पत्नी बोली ‘अमिताभ बच्चन कितने अच्छे एक्टर हैँ । शराब न पीकर भी पिए हुए की कितनी अच्छी एक्टिङ्ग करते हैँ !’
यह सुनकर मैँ मन ही मन सोचने लगा–अब इस पगली को कौन समझाए कि ‘शराब न पीकर पिए हुए’ की एक्टिङ्ग से ज्यादामुश्किल है ‘शराब पीकर,न पिए हुए’की एक्टिङ्ग करना ।”( हरप्रीत एस.एस.। म सँग सामाजिक सञ्जालमा जोड़ीनु भएको पन्जावका भारतीय,हाल अष्ट्रेलिया । सामाजिक सञ्जालको वालबाट । ०४ जून ई.सं.२०२३ ।) ।
यही अशार ४ गते समाजबादी मोर्चा गठन भयो नेपालमा बाफ रे ! अव लालुजीको भुरावाल साफ करो समाजबाद–मायावतीजीको बहुजन समाजबाद–मुलायमजीको फसादबादी समाजबाद एकैचोटी नेपाली मोर्चाको ‘झकझोर’ समाजबादमा देख्न पाइने भइयो भनेर खुव दङ्ग परियो ।अव “भोका नाङ्गा नानीहरु खेली रहने ठाऊँ,हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ” गीत गाउनु परेन । बिरक्तीएका नेपाली जनताले “आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म,मनका सारा कुरा बोकि आज खुल्न चाहन्छु म । पीऊँदा पीऊँदै जिन्दगी यो रित्याउन चाहन्छु म,आज सारा ब्यथाहरूलाई सिध्याउन चाहन्छु म ।”(–यादव खरेल । नेपाल ।) पनि नारायण गोपाललाई सँझनु पनि परेन भन्दै भारतका क्रान्तिकारी–जनकवि–सामाजिक सुधारबादी कवि गोरख पाण्डेयको कविता “आएङ्गे,अच्छे दिन आएङ्गे,गर्दिश के दिन ये कट जाएङ्गे । सूरज झोपडि़येँ मेँ चमकेगा,बच्चे सब दूध मेँ नहाएङ्गे”वाचन गर्न खोजेको एक्काशी रिङ्गटा चलेजस्तो गरेर जिव्रोले आ आ मात्र गर्दै आएङ्गे शव्द पुरा गर्न सकेन । छटपटी भो,नपिईकन बाक्य त के कुरा शब्द नै पुरागर्न नसकिने जस्तो लाग्यो ।
निकै बर्ष भएछ नपिएको–अव त पेन्सनले नै १५ दिन धान्दैन कता पिउनु ? अशार ४ गतेको महान उत्सव ! अहा यस्तो बेला त कशैले सित्तैमा बोतलमा अलकत्रा ल्याएर ब्ल्याक लेभल भनेर दिएमा पनि“बाजार मेँ हूँ,लेकिन खरीददार नहीं हूँ । साकी पिला दे तो तलबगार भी हूँ ।”(–एस.सिन्हा । म सँग सामाजिक सञ्जालमा जोड़ीनु भएको भारतीय प्राज्ञ–प्रगतिबादी बुद्धिजीवी–समाजशास्त्री,लेखक । सामाजिक सञ्जालको वालबाट । ३१ मई ई.सं.२०२३ ।) भन्दै फुरुङ्ग हुने थिएँ ।
खाने पिउने नेताहरुलाई भोट हाल्ने अनि हामी मतदाताचाहिँ नखाने नपिउने पनि कहिँ मिल्ने कुरा हो र ? “काजू भुने पलेट मेँ,व्हिस्की गिलास मेँ,उतरा है रामराज विधायक निवास मेँ ।”(–अदम गोँडवी ।
इण्डिया ।) भन्ने राम्ररी बुझेका हामी नेपाली त राजनीतिको सतहमा रमाएर रवि–बालेनको सानो कुरालाई पनि महानताको पगरीले भीडको चौतारीमा सजाउँछौँ । उनीहरुले गर्न खोजेका महान कार्यहरुपनि छाँयामा पर्ने हुन्छन् ।
अहिले नेपालीलाई आदि पूरुष र ग्रेटर नेपालको धङधङी छ । नेहरु विश्व विधालयका सचेत उत्पादन भारतका साशकहरुलाई पच्दैन । उनीहरुका पत्रकारले नेपालबारे लेखेका भनेका देखाएका समाचार कस्ता हुन्छन् भन्ने थाहा पाएका नै छौँ । माधुरी दिक्षितले नेपाल भारतको राज्य हो भनेर ठानेको कुरा नेपालको विमानस्थलमा जिव्रोले ओकले कि नै हुन ।
ठूला देशहरु सानालाई हेप्छन् । अझ जन्मदै विस्तारबादी सोच लिएका देशले त छिमेकीमात्र हैन विश्व नै हाम्रो हो भन्ने ठान्छन् । अमेरिकी चलचित्रमा रुष चिनलाई अमेरिकाले पराजित गरे कै हुनुपर्छ । रुषले पनि त्यस्तै आफु जितेकै चलचित्र तयार गर्छ । अवतार चलचित्रमा अमेरिकालाई अलि हायलकायल पार्दापनि जावो चलचित्र त हो नी भनेर अमेरिकीलाई चित्त बुझेन ।
जनकपुरको जनक दरवार एक राष्ट्रप्रमुख साशकको राजदरबारमात्र थिएन बरु शास्त्र र शिक्षाको लागि विश्वविधालय नै थियो । मैले त विगतमा पनि राम भन्दा सीता बढी बौद्धिक–शिक्षित थिईन भनेर लेखि सकेको छु । “भिडलाई मन पराउने मान्छे कहिले पनि कशैको आफ्नो हुँदैन ।”(–फणिश्वरनाथ रेणु । भारत ।) भन्ने बुझेको म आफैँ पनि अब नपिएपनि पिएर मातेको अभिनय गर्दै भिडमा सामेल हुन आतुर छु । भिडले जिम्मेबार पूर्वक गंभिर भएर न बोल्छ न निर्णय नै लिन्छ ।
भिडमा सामेल भएपछि त जे बकबक गरेपनि हुन्छ भनेर मैले पनि स्थापित धार्मिक मान्यता,अरवौंको जनविश्वास विपरित आलोचकहरुको लहै लहैमा लागेर देहाएको आधारहिन हावादारी बकबक गरेको छु –ः
(क)राम भन्ने मानिस भने कै हिंशामा विश्वास गर्ने विश्वास घाति पुष्यमित्र सुङ्ग हुन जसले सेनापति भएर आफ्नै राजा बृहपथ मौर्यलाई हत्या गरेर आफैं राजा भएर सुङ्ग साम्राज्य खडा गर्दै आफ्नो सुरक्षाको लागि राजधानी समेत पटनाबाट साकेत–कोशलमा सारेर नाम समेत परिवर्तन गर्दै आफ्नो मारकाट युद्ध गर्ने योद्धा स्वभाव अनुकुल अयोध्या राखेका हुन ।
(ख)अश्वमेध यज्ञमा श्रङ्ग ऋषि पनि थिए र सन्तान जन्माउन अयोग्य दशरथलाई सन्तान जन्माउन रानीहरुलाई दिन भनेर सानो घैलामा केही चमत्कारिक तरल पदार्थ पनि दिईएको थियो । आफ्नो महत्वकांक्षाको लागि आफ्नै राजाको हत्या गर्ने पुष्यमित्र‘राम’ रामराज्य विस्तार गर्ने चाहना अनुसार लङ्का दोहन गर्न चाहन्थे । (ग) तर लङ्कासँग दक्षिण भारतका राजाहरुको अति राम्रो सम्बन्ध थियो । भरतको मावली कैकेयीको माइती दक्षिण भारत भएकाले उनको सहमति नहुँदा राम अर्थात पुष्यमित्रले उनलाई छाडेर युद्ध तयारीको लागि रणनीति अवलम्बन गर्न आर्फै राजी खुशी सीताको समेत चाहना विपरित उनलाई समेत लिएर अयोध्या छोडेर गएका हुन । एक प्रजावत्सल राजाकी छोरी सीताले स्वयं घोषित पुष्यमित्र रामले गरेका लङ्का दोहन सम्बन्धी लहडबाजका कामलाई समर्थन गरेकी थिइनन् । सुर्पणखाको कथाको भाव गहिरो छ ।
(घ) नेपालका माओबादी नेताले सवलाई राज्य दिन्छु भनेर फौज तयार गरेजस्तै पुष्यमित्रले आफ्नो गद्धारी तथा विश्वासघाती स्वभाव अनुशार सुग्रिव,बिभिषण जस्ता देशद्रोहीहरुलाई समेटेर लाए अराएको काम मात्र गर्ने आज्ञाकारी पहलमानहरुको खोजिगर्दै पछि महासामन्त पद दिएर सेनामा समेत सामेल गर्ने भन्दै हनुमान र उनले भनेका मान्ने बाँदर बंशिहरुको गुरिल्ला लडाकु दस्ता पनि तयार गरेर रणनीति अनुशार सफलता हासिल गरेर साकेत अयोध्या फर्केका हुन ।
मैले माथी नै म भीडमा सामेल भएर आधारहिन बकबक गरेकोे भनेर आत्मसमपर्ण गरिसकेकोले क्षमायोग्य छु । अर्थात आदिपूरष र ग्रेटर नेपाल सम्बन्धी हामीले जे मनस्थिति बनाएका छौं त्यसले देश भन्दा बढी भिडको चाहना पुरा गर्छ । चितवनका रामको नाममा सडक र संरचनाहरु तयार गर्दै कौडीका दामका जग्गाहरुमा आफ्ना समर्थकहरुको हाली मुहाली कायम गराउन बजेट कार्यक्रमका माध्यमबाट नीतिगत असदाचार कायम गराउन खोजेका हुन भनेर म ठाडै भीड उन्मुख आरोप लाउन चाहन्न । भीडले राजनीति सफल पारेपनि कुटनीति सफल पार्छ भन्ने छैन । भिडले ज्याकेट कमिज फालेर उत्ताउलो उफ्रेको हेर्न सेलीब्रेटीलाई जति सजिलो हुन्छ ,असन्तसष्टलाई भजाउन सहज होला तर,भद्र कुटनीति सञ्चालन गर्न त्यस्तै सहज हुन्न ।
एउटा शहरमा बसेर अर्को शहरमा यस्तो उस्तो भएको छ भनेर लाईभ देखाउने वीवीसीले त हर्कत गर्दो रहेछ र चीनको चेतावनीको हप्की खाँनु पर्दो रहेछ भने भारतीय सञ्चार माध्यमलाई देशमा रोक लगाउन सकिन्छ ।
आदी पुरुष र बिशाल नेपालबारे भारतीय मीडीयामा नेपालको भीड मनस्थितिलाई बुझेका रहेछन् । भारतमा समेत हिन्दुत्व बादीले यसको विरोध गरिरहेका छन् । ग्रेटर नेपालबारे भारतमा समेत नेपालको पक्षमा बोल्ने होलान । तर,यसैमा मख्ख परेर हामीले हाम्रा लम्पसारबादी नेताहरुलाई गम्भीर तवरले औपचारिक रुपमा खवरदारी गर्न दवाव नदिने हो भने जनताको ध्यान मोडन गरिएका यस्ता कदम पनि प्रायोजित नहोलान भनेर भन्न सकिने स्थिति नरहला । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले भन्नु भएको–“नेपालमा भारत समर्थक मात्र हैन भारत विरोधि पनि भारतबाट नै सञ्चालित हुन्छन्” भन्ने विचारलाई मनन् गर्दै अरु नेता र सचेत नागरिकहरुका तपशिलका विचारले के भन्न खोजेका हुन भन्ने तर्फ पनि फुसर्दलाई केन्द्रित गर्न सकिन्छ ः
“मेरो सोचमा वर्तमानमा नेपाली राजनीतिको गन्तब्य राष्ट्र राष्ट्रिक एवं राष्ट्रियताको पक्षमा छैन !”(– मोहन चापागाईं,वरिष्ट राजनीतिज्ञ । सामाजिक सञ्जाल । नेपाल । मिति ०५ अशार बि.सं.२०८० ।) ।
“यो संयोग मात्रै हुन सक्ला, पुस्पकमलको भारत भ्रमण पछि समाजबादी मोर्चा गठनको साइत जुरेको? स्मरण रहोस बीपीले सशस्त्र क्रान्ति गर्न लाग्दा भारतले ५० माइलको घेरा लाई दिएकोले रास्ट्रिय मेलमिलाप नीति लिएर देश भित्र आउनु पर्यो । तर माओ बिचारधारा अनुसारको नयाँ जनबादका लागि सशस्त्र बिद्रोहरत माओबादीलाइ भने आफैँ आतंकबादी घोषणा गर्छ र आफ्नै राजधानीमा अरु पार्टीहरुसँग सहमति गराई दिएर सत्तामा सहभागी गराइदिन्छ भने नेपालका क्रान्तिकारी कम्युनिष्टलाई बुझ्न कसैलाई पनि गाह्रो हुनु नपर्ने हो । मोर्चामा संलग्न नाम हेर्दा कन्पर्टेवल छ ।”(–अनारसिंह कार्की,वरिष्ट नेपाली काँग्रेश राजनीतिज्ञ । सामाजिक सञ्जाल । नेपाल । मिति ०५ अशार बि.सं.२०८० ।) ।
“भारत नेपालमा कहिले स्थिरता हेर्न चाहदैन ।”(–राम नारायण देव ,लेखक, बुद्धिजीवी,वरिष्ठ सञ्चार कर्मी,देशभक्त सचेत नेपाली । मिति ०४ अशार बि.सं.२०८० को सामाजिक सञ्जालमा नेता अनार सिंह कार्कीको ग्रेटर नेपाल तथा आदिपुरुष चलचित्रकों सम्बन्धमा नेपालमा देखिएको माहौल बारे ‘जब सरकारका ओहदामा बसेकाहरुले आफ्नो कर्तव्य निर्बाह गर्दैनन तब जो पनि अगाडि आउन थाल्छन् । त्यो निश्चय पनि शालीन र शिष्ट हुदैन। काठ्मान्डौको मेयर पनि त्यसरी नै आएका हुन । भनिन्छ ओपचारिक हातले काम नगरे पछि अनौपचारिक हात अगाडि आउछन । स्मरण रहोस । प्र.मं को भारत भ्रमण पछि यी मुद्दाहरु उग्र भएका हुन।’ भन्ने बिचार माथि टिप्पणी । सप्तरी,नेपाल ।) ।
“…गिलासमा एक थोपा रहे सम्म,उल्ट्याइ पुल्ट्याइ सिध्याउछौं । गिलासको फेदसम्म,जिब्रो पुर्याई चाटी–चाटी । तर तपाईं थालभरी जुठो फ्याक्न अलिक पनि नलजाउने जुठोवादी । अब तपाईं नै भन्नुस को छन् यहाँ असल जिम्मेवार,गर्न राष्ट्रमा बर्बादी । त्यसैले भन्छौं हामी,फुकाएर छाती ‘जँड्याहा.’सच्चा राष्ट्रवादी ।”(–लक्ष्मण कुमार नेवटीया साहित्य लेखक । बिराटनगर,नेपाल । जेठ २३ गते बि.सं.२०८० को निजकों सञ्जालको वालबाट ।) ।
“जो स्वप्न नहीँ देखता और दूसरोँ को देखने के लिए प्रेरित नहीँ करता वो कभी क्रान्तिकारी नहीँ हो सकता ।”(–चारु मजुमदार । भारत । १५ मे, १९१८ ।) भनेर कुनै समयमा रटान गर्नेहरुको अहिले समाजबादको माहौल छ नेपालमा । यस्तो बेला तपाईलाई मन नलागेपनि मलाईचाहिँ गोरख पाण्डेयको समाजबाद आयो भन्ने देहायको गीत गाउन मन लागेको छ । मलाई जस्तै अरुलाई पनि यो गीत गाउन मन त लागेको छ तर, मशलदार समाजबादीको डर लाग्छ भने मदिरा पिएको अभिनय गर्दे सडकमा एक्लै खुट्टा लर्वराउँदै चीच्याउँदै गाऊँन सक्नु हुन्छ ः
(१)“समाजवाद बबुआ,धीरे–धीरे आई,समाजवाद उनके धीरे–धीरे आई । हाथी से आई, घोड़ा से आई,अंग्रेजी बाजा बजाई । नोटवा से आई,बोटवा से आई,बिड़ला के घर में समाई । गाँधी से आई,आँधी से आई,टुटही मड़इयो उड़ाई । काँग्रेस से आई,जनता से आई,झण्डा से बदली हो आई । डालर से आई, रूबल से आई,देशवा के बान्हे धराई । वादा से आई,लबादा से आई,जनता के कुरसी बनाई । लाठी से आई,गोली से आई,लेकिन अहिंसा कहाई । महङ्गी ले आई,गÞरीबी ले आई,केतनो मजूरा कमाई । छोटका का छोटहन,बड़का का बड़हन,बखरा बराबर लगाई । परसोँ ले आई,बरसोंँ ले आई,हरदम अकासे तकाई । धीरे–धीरे आई, चुपे–चुपे आई,अँखियन पर परदा लगाई । समाजवाद बबुआ,धीरे–धीरे आई…..।”
(२)माथीको गीत गाऊन मन लागे आफ्नै अनुकुल निम्नुसार थपेर पनि गाउन सकिन्छ ः
“ राखी से आई,सुट टाई से आई,वोटर्स के आशाओँ को मिट्टीमे मिलाई । युरो–डलर से आई,भारु से आई,देशके अखण्डताको पहिचान भिडाई । फनपार्क से आई,भिऊ टावर से आई,धार्मिक व्यापारीसव केवलकार ल्याई । डनवा से आई,गौर मारकाट से आई । बड्का कर्पोरेट के घरमे समाई । वकरा से आई एकरा से आई,साम्यबादके शादी संसदबाद से करवाई । अपन प्यारा प्यारी के मनतरी माननीय बनवाई ।
(३) भारतमा त निम्न उत्पिडित बर्गको बीच गोरख पाण्डेयको गीत बहुत लोकप्रिय छ । भाजपाका कलाकारहरुले यूपि विहारको पहिलेका समाजबादी भनिने शासनप्रति कटाक्ष गर्दै चुनावको बेला ‘अरे ! गुण्डा ले आई,माफिया ले आई । गरिवनके भूमि कवजाई हो ! रामा ! गुण्डाराज उनके एही तरे आई । चुनाव के आई ई बुडबक बनाई,माथा टेकने को दौड लगाई । समाजबाद ववुआ ..’जस्ता शव्दहरु समेत प्रयोग गरेर गीतहरु बनाएका थिए । नेपाल त अर्ध हैन पूर्ण औपनिबेशिक र पूर्ण दलाल पूँजीबादमा गैसकेको हो की भनेर निराशा हुँदा कायर होइन्छ । आशाबादी हुँदै जनपक्षीय विषयगत क्षेत्रमा राज्यको प्रत्यक्ष तथा प्रभावकारी भूमिका मात्रै भएपनि हुने खाने र हुँदा खानेबीचको खाडलको अन्तराल सिमित हुने भएकाले अहिले लोक कल्याण,सामाजिक न्यायले समेत समेटेको राष्ट्रिय एकताको भावनामा सार्वभौम देशको स्वधीन अर्थतन्त्र निर्माण गर्नमात्र सके पनि ठूलो कुरा हुन्छ । दुख खेपेका नेताहरुको समाजबादी मोर्चाबाट जनताले ठूलै आशा गरेका छन् । “जनता के आवे पलटनीयाँ,हिल ले झकझोर दुनिया” भनेर गोरख पाण्डेय तथा “हो आमा त्यो फेरि आउँछ” भन्ने गोपाल प्रसाद रिमालको कविता वाचन गर्दै जनता फेरि परिवर्तनको लागि पल्टन नहुन । चेतना भया !
(छविचित्र श्रेय ः लेखकले स्वयं आफैं तथा सामाजिक सञ्जालबाट सङ्कलन ।)