कोशी प्रदेशमा पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान
काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि दलहरूले पाँच दिनको समय पाएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका छन् । दलहरूले असार २१ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी गरिसक्नुपर्ने छ ।
