डा.भट्टराई भन्छन् – ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा प्रकरणमा आफ्नो र आँफू निकट व्यक्तिहरुको कुनै स्वार्थ नजोडिएको बताएका छन् ।

आइतबार भट्टराईले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो दावी गरेका हुन । उनले सामाजिक सञ्जालमा ‘ललिता निवास प्रकरणको पुछारमा प्रमकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासोसहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।

मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् । तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् , तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ , त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि मन्त्रिपरिषदले विधिवत् निर्णय गर्ने उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

यस्तै उनले ललिता निवास प्रकरणको यर्थाथ कुरा चाँडौ निर्णय गर्न समेत उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *