सिके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्तामा जनमत पाटीलाई सरकारलाई सहभागिता गराउने विषयमा भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् ।
‘ प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन भने जनमत पाटिका अध्यक्ष राउत सरकारमा सहभागि हुन् सहमत भएका छन् ।