हाम्रो समाज धन भएर ऐस्वर्य नभएको समाज जस्तो हो : सुमना श्रेष्ठ
काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले हाम्रो समाज धन भएर ऐस्वर्य नभएको समाज जस्तै भएको बताएकी छिन् । उनले आइतबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा व्यक्त गर्दै यस्तो उल्लेख गरेकी हुन् ।
धन भएर मिटर व्याजमा दिने गरेकाले समस्या उत्पन्न भएको बताउँदै नेताहरुले सामाजको चरित्र परिपर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।
मिटरव्याजमा पैसा दिएर गाडी चढेर हिँड्ने मानिसलाई नमस्कार गरेर सत्कार गर्नु भन्दा त्यो धन कहाँबाट आयो भनेर नेताहरुले सोध्नुपर्ने जिम्मेवारी बनाउनु पर्ने उनको भनाइ थियो । सामाजको चरित्र र संस्कार परिवर्त गर्न सकेको अवस्थामा मात्रै देशको चरित्र परिवर्तन गर्न सकिने उनको भनाइ छ ।