मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहेकाले मुलुक ऋणको जालोमा फस्यो : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै मंगलबार उनले यस्तो बताएका हुन् ।

सांसद देवकोटाले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहेकाले मुलुक ऋणको जालोमा फस्न लागेको उल्लेख गरेका हुन् । कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उनको भनाइ थियो । आर्थिक वर्षमा पारित भएको बजेट संघियता विरोधी रहेको समेत सांसद देवकोटाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *