सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति निर्देशन दिएको छ ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

सुन तस्करी पक्राउ गरेपछि उक्त समाचार थाहा पाएकै बेलामा नेपाल छोडेर स्वदेश फर्कने क्रममा रहेका चुवानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ ।

टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुने आचार्यको भनाइ छ । ‘ब्रेक शु’भित्र सुनका साना–साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।

सुनलाई मुचुल्का उठाएर महाशाखाको ढुकुटीमा राखिएको छ ।त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *