विशाल बजारले सञ्चालक र कर्मचारीसहित भवनको बीमा गर्ने


काठमाडौं । विशाल बजार कम्पनीले भवन लगायत कर्मचारी र सञ्चालकहरुको १६ करोड बढीको बीमा गरिदिने भएको छ । कम्पनीले व्यापारिक भवन, फर्निचर तथा मेशिनरी सामान, कम्पनीका सञ्चालक र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा लगायत मेडिकल बीमा वापत १६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीमा गर्ने जनाएको छ । कम्पनीले एक सूचना जारी गरी व्यापारिक भवन, फर्निचर फिक्चर्स, कार्यालय उपकरण, मेशिनरी सामान तथा अन्य हुलदंगा, मेलेसियम, आतंकवाद भूकम्प आदि वापतको १४ करोड ४० लाख ५२ हजार ६८ रुपैयाँ र कम्पनीका अध्यक्ष, संचालकहरु र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा १ करोड ४० लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गर्ने जनाएको छ । साथै, कर्मचारीको स्वास्थ्य बीमा बीमांक वापत ३९ लाख रुपैयाँ बीमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार व्यापारिक भवनको प्रिमियम ८ करोड ६८ लाख १ हजार ४ सय ९ रुपैयाँ रहेको छ । यस्तै, ६ थान स्केलेटर, ३ थान जेनेरेटर, २ थान लिफ्ट र अन्य मेशिनरीको ४ करोड ९१ लाख ६१ हजार २ सय ५२ रुपैयाँ, फर्निचरको १५ लाख २ हजार ७ सय ७४ रुपैयाँ र कार्यालय उपकरणको ६५ लाख ८६ हजार ६ सय ३३ रुपैयाँको बीमा गर्ने भएको हो । सो वापतको बीमा गर्न इच्छुक बीमा कम्पनीले ७ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न विशाल बजारले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *