असारयता बाढीपहिरोबाट ३१ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौं । यस वर्षको १ असारदेखि मनसुनजन्य प्राकृतिक विपदबाट ३१ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको हो । त्यस्तै २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएका छन् ।

बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ भने १८४ घरमा आंशिक क्षति पुगेको शाखाले बताएको छ । बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ । गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्।

यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले गरेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *