कानून व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानून व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका छन् ।

पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *