केन्द्रीय समितिको बैठक माओवादी : तेस्रो दिन बैठक सुरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिc बैठक सुरू भएको छ ।

बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् ।

५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।उनकाअनुसार बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइनेछ । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *