रेशम चौधरीले भने- मन्त्री हुन प्रस्ताव आएको थियो, तर अस्वीकार गरेँ

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले ६ महिना मन्त्री हुने प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् । शुक्रबार पार्टी कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले जेलबाट रिहा हुनेवित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिना मन्त्री हुन प्रस्ताव गरेको बताएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी आफ्नी पत्नीलाई हटाएर आफूलाई मन्त्री बन्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताउँदै नेता चौधरीले भने, ‘म रिहा भएको बखत प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको थियो– रेशमजी एउटा अध्याय समाप्त भयो, रञ्जिताजीलाई विश्राम दिएर ६ महिने मन्त्री बन्दिनुहोस् । मैले रञ्जिताको दुःख देखें, यसको अधिकार रञ्जिताजी हुनुपर्छ, उहाँलाई नै मन्त्री बनाउनुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *