बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैककमा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत माओवादीबाट मन्त्री बनेकाहरु सहभागी छन् ।

प्रधानमन्त्री आजै गृह जिल्ला चितवनबाट फर्किएका हुन् । बैठकमा सरकारमा रहेका मन्त्री हेरफेर गर्नेबारे छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् । मोदीलाई फिर्ता बोलाएर उनको स्थानमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले अनितादेवीलाई आजै शपथ गराउने तयारी गरेको समेत बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *