मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट हटाउने निर्णय गरेको हो । मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा पार्टी पदाधिकारीको जारी बैठकमा मन्त्री मोदीले आफूले ३ महिनाअघि नै राजीनामा दिएको खुलाउँदै आफू प्रधानमन्त्रीको निर्णय पर्खिरहेको बताए ।

‘काम गर्नका लागि एकदमै अप्ठेरो भयो, सरुवा बढुवा नियुक्तिमै मैले धेरै झमेला ब्यहोर्नुप¥यो’, मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसरी काम गर्ने वातावरण नभइसकेपछि मन्त्रीमा बसिरहनु उपयुक्त लागेन प्रधानमन्त्रीज्यू, मलाई बिदा दिनुप¥यो । पार्टी र संसदको काम गर्छु भनेर तीन महिनाअघि नै राजीनामा लिखित दिएको छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *