शिक्षाको बेथिति नियन्त्रण गर्न अनशन र हड्ताल बस्छ भनेर डराउनु हुन्न : सांसद पौडेल

काठमाडौं । नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको बेथितिलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले एक खर्ब ६२ अर्ब रकम बाहिर गइरहेको भन्दै त्यसलाई रोक्न पनि ऐन संशोधन गर्न जरुरी रहेको बताए । ‘गत साल मात्र एक खर्ब ६२ अर्ब बाहिर गएको छ, यति ठूलो रकम बाहिर गएको छ भने आफैं कलेज खोलेर चलाएकालाई नियमन गर्ने कुरा कोही मान्छे आमरण अनशन हड्ताल बस्छ भनेर उसको डरले यसमा किन नल्याइएको होला,’ उनले भने ।

उनले यस्ता अप्ठेरा परेका विषयहरू सच्याउन सरकारलाई आग्रह गरेका छन् । उनले देशमै जनशक्ति उत्पादन गर्न नदिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *