एसिया कप क्रिकेट हेर्नका लागि आज दिउँसो २ बजेपछि विद्यालय बिदा

काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन् । आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ । घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ ।

नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ । यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन । यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो ।

सन् २०१४ को टी–२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो । टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गर्दैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *