पूर्णबहादुर खड्का अस्पताल भर्ना
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रोस्टेटको शल्यक्रियाका लागि नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका छन् । उनको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शल्यक्रियापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्कालाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।