भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि चार अर्बभन्दा बढी बिगोदाबी गरेको थियो ।

शिवजी भट्ट ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार, कलाधर देउजा १५ लाख, घमन कुमार कार्की ७ लाख ५० हजार, गोपाल कार्की ७ लाख ५० हजार, विनोद पौडेल १५ लाख, योगराज पौडेल ७ लाख ५० हजार, नारायणराज मिश्र ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ ७ लाख ५०, ध्रुवप्रसाद अर्याल ३ लाख ३० हजार, बाबुराजा महर्जन १ लाख १० हजार, देवनारायण महर्जन १ लाख १०, सकलानन्द महर्जन १ लाख १० हजार, सञ्जयकुमार महर्जन १ लाख १० हजार र लोकहरि घिमिरे ७ लाख ५० हजार रुपैयाँ धरोटी बुझाएर छुट्ने भएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *