ललिता निवास प्रकरण : पक्राउ परेकाहरुमध्य १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक बाँकी १७ जनासबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

साथै अरुसँग क्रमश

केशव तुलाधर,साधारण तारेखमा रिहा,

शिवजी भट्ट–३ लाख ३० हजार ,रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार,बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार,कलाधर देउजा –१५ लाख,घमन कुमार कार्की– ७ लाख ५० हजार,गोपाल कार्की –७ लाख ५० हजार,विनोद पौडेल– १५ लाख,योगराज पौडेल– ७ लाख ५० हजार,नारायणराज मिश्र –७ लाख ५० हजार,अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार,ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार,बाबुराजा महर्जन– १ लख १० हजार,देवनारायण महर्जन – १ लाख १० हजार,सकलानन्द महर्जन– १ लाख १० हजार,सञ्जय कुमार महर्जन– १ लाख १० हजारलोकरि घिमिरे –७ लाख ५० हजार

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *