कार्यालयमै रोमान्स गर्ने काजीमान फिर्ता

काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग रोमान्स गर्ने प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको छ ।

इलामको माइजोगमाई गाउँपालिकामा रहँदा आफ्नै कार्यालयकी लेखा अधिकृत (युवती)सँग राईले अमर्यादित यौन हर्कत गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । माइजोगमाईबाट सरुवा भएर उनी यहि भदौ १२ गते बाह्रदशी गाउँपालिकामा हाजीर भएका थिए । तर, हाजिर भएको केहि दिनमै अश्लिल हर्कत गरेको सिसिटिभी फुटेज बाहिरिएपछि राईलाई गाउँपालिकाले फिर्ता पठाएको हो ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले गाउँ कार्यपालिकाको बैठक बसेर उनलाई फिर्ता पठाउने निर्णय भएको जानकारी दिए । राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृत पठाउँन स्थानीय विकास मन्त्रालयलाई पत्र समेत पठाइएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *