प्रधानमन्त्री प्रचण्डले अमेरिका चीन भ्रमण जानुअघि संसद्लाई के भने ? ( पूर्णपाठ )
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराउँदै यस्ताे बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युर्योक प्रस्थान गर्दैछन् । महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते चीन प्रस्थान गर्नेछन् ।
उनले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल चीनबीच विद्यमान आपसी सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु” उनले भने ।
प्रधानमन्त्रीको सम्बोधन-