एमाले पार्टी कार्यालयमा झलनाथ खनाल दुई वर्षपछि उपस्थित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि च्यासलमा उपस्थित भएका छन् ।
सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल च्यासल पुगेका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाले एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदा नयाँ पार्टी खोलेका थिए। संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा सहभागी हुँदा खनाल र केपी शर्मा ओली एकै ठाउँमा उभिएका थिए ।
नेकपा एमालेले पहिले नेकपा एमालेबाट विभाजित भएका यी नेताहरुलाई एमालेले पहिलो पटक समाजवादीका नेतालाई आफ्नो कार्यक्रममा बोलाएको हो। समाजवादीलाई एमालेले औपचारिक रुपमा दलको मान्यता पनि दिन मानेको थिएन। एमालेले पछिल्लो समय सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने कार्यक्रममा पनि भाग लिने गरेको थिएन।
तर आफ्नै जिल्लाका सहकर्मीको निधन भएपछि खनाल एमाले कार्यालय पुगेका हुन्। उनी पछिल्लो समय एमाले र समाजवादी मिल्नुपर्ने व्याख्या गरिरहेका छन्।
सम्बोधनका क्रममा खनालले नेम्वाङको सच्चा श्रद्धाञ्जलीका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने बताएका छन् ।