एनएमबि बैंकले ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा दिने
काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
बैंकले ११।४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बताएको छ । बैंकले ल्याएको उक्त योजना अन्तर्गत ७ वर्षसम्म स्थीर ब्याजदरमा घर कर्जा लिन सकिनेछ ।
स्थीर ब्याजदरमा कर्जा लिँदा हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट घरधनीहरू झण्झटमुक्त हुने बैंकले जनाएको छ ।
यदि स्थिर ब्याजदरमा कर्जा नलिई अन्य तर्फ लिँदा भने आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम तोकि ब्याजदर निर्धारण गर्ने गरेको बैंकले बताएको छ । हाल बैंकको आधार दर १०।०८ प्रतिशत रहेको छ ।