भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुँदैन ? भन्दै यसको जवाफ सदनलाई छिटो भन्दा छिटो दिन माग गरे ।

उनले भने,‘मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन ? कुनै औपचारिकता हुँदैन ? यसबारेमा सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्‍यो भनेर विशेष ध्यानाकर्षण गराउनको लागि विशेष समय माग गरेको हो । यसको जवाफ सदनलाई छिटोभन्दा छिटो होस् ।’

उनले नेपालको भूमिमा भएको भ्रमणको जानकारी पाउनु सबैको अधिकार भएको भन्दै सरकार र परराष्ट्र मन्त्रालयलाई त्यसबारे यथार्थ जानकारी दिन सदनमार्फत ध्यानाकर्षण गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *