यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बने देव

काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् । देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट समेत भएका थिए ।

यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेका थिए । एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ । नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू-१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *