जसपाको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ ।
विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ ।