नेपाल ओमानसँग ५ रनले पराजित , बन्यो उपविजेता

काठमाडौँ । नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १४० रन बनाएपछि खेल ओमानले ५ रनले जितेको हो ।

यो जितपछि ओमान समुह ए मा समुह विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ । आसन्न टी(२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो । यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

यस खेलमा नेपालका कुशल भुर्तेल २६, आसिफ सेख ५, सोमपाल कामी १२, कुशल मल्ल १०, कप्तान रोहित पौडेल १२, सन्दीप जोरा १२, गुलशन झा ३ रन, सन्दीप लामीछानेले २ रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले अविजित १५ र विवेक यादवले २४ बलमा ३९ रन बनाएका थिए ।

उताओमानका बलर बिलाल खानले ३ विकेट लिए भने सकील अहमद, अकिब इलियास र मेहरान खानले २(२ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *