बाबुरामको पार्टीले भूकम्प प्रभावितलाई १० लाख दिने

काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितहरुको सहयोगका लागि १० लाख रकम सहयोग गर्ने भएको छ ।

सो पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख प्रदान गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।

साथै नेसपाले पार्टीका तर्फबाट विपतमा परेकाहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपाध्यक्ष भक्तबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको छ । जसको सदस्यहरुमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेल रहेका छन् ।

सो पार्टीले नेता रिजालको नेतृत्वमा अत्यावास्यक सामाग्रीसहित चिकित्सकको टोली परिचालन गरिसकेको जनाएको छ । पीडितहरुलाई राहतका लागि खाद्यान्न लगायत सामाग्री संकलन अभियान समेत चलाउने नेसपाको निर्णय छ ।

b
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *