भुकम्पबाट भेरी नगरपालिकाका १४ विद्यालय भवनमा पुर्ण क्षती

जाजरकोट । भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, ४ वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटि ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ ।

त्यसैगरी तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *