माओवादीका तर्फबाट भूकम्पपीडितका लागि ५० लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ ।

उपाध्यक्ष पम्फा भुसालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेको हाे । साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

यसअघि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रकम सहयाेग गरिसकेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *