एक भारतीय एटीएम फोर्ने क्रममा पक्राउ


पोखरा । नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले बबी ठाकुरलाई पक्रेको छ ।

पोखरा नयाँबजारमा सैलुन पसल चलाउने ठाकुर भारतीय नागरिक हुन् । उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंचीलगायत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *