एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको २५औं बैठक पार्टी कार्यालय च्यासल ललितपुरमा जारी रहेको छ ।

जाजरकोट भूकम्पपछिको राहत वितरण र पीडितको व्यवस्थापनलगायतका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । एमाले अध्यक्ष केपी ओलीले प्रदेश अधिवेशनपछि स्थानीय तहका अधिवेशनबारे भइरहेका काम र गर्नुपर्ने निर्णयबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।

एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *