भत्किएका घरबाट निकाल्न थालियो अन्न , २६ हजार बढी घर पूर्ण रुपमा नष्ट

काठमाडौँ । भूकम्पले भत्किएका घरबाट अन्नसहितका सामग्री निकाल्न थालिएको छ ।

गत शुक्रबार राती आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३६ हजारभन्दा बढी घर भत्किएका छन् । जसमा २६ हजारभन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिब ३५ हजार घरमा आंशिक क्षति पुगेको पछिल्लो आँकडाले देखाएको छ । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रुपमा भत्किएका छन् भने ९ हजार ९६१ घर आंशिक रुपमा भत्किएका छन् । त्यस्तै जाजरकोटमा ९ हजार ७९४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घर आंशिक रुपमा भत्किएका छन् ।

भूकम्पले जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले अहिले पनि विवरण संकलनको क्रम जारी रहेको र राहत तथा उद्धारको काम पनि जारी रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *