साइमेक्स इन्कद्वारा भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग
काठमाडौं । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् भूकम्पपीडितलाई राहत र पुनर्निर्माण लागि साइमेक्स इंकले उक्त रकम सहयोग गरेको हो।
गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको छ ।