चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज
काठमाडौं । रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीले सरकारको सिफारिसमा आममाफी पाएकाको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले मुद्दा दायर गरेका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् ।