टिकटक प्रतिबन्धविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिटमाथि आज सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ नहुने भएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको हो ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । सो रिट हेर्न नभ्याउनेमा परेको छ । साथै आजै माइतिघर मण्डलामा टिकटकरहरुले प्रदर्शन समेत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *