नेपाली कांग्रेसले डकर्मी सहितको २५ टोली प्रभावित क्षेत्र पठाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहितको स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिमको प्रभावित क्षेत्र पठाउने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भूकम्प पीडितका लागि टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली पठाउने र प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने जानकारी दिए ।

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी कोषमा ५० लाख सहयोग गरेको कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा कूल एक हजार टहरा बनाउने तयारी गरेको छ । चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेका छन् । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको र चिसो दिनप्रतिदन बढिरहेकाले सरकारलाई छिटो बस्ने प्रर्बन्दन मिलाउन समेत आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *