रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौं । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा करिब २२ जना घाइते भएका छन् भने घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरिले जनाएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । चौरजहारीबाट खलंगा जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनीहरुको अहिले उद्धार गरेर विभिन्न अस्पताल पठाइएको र घाइते मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको उनले जानकारि दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *