नक्कली शरणार्थी प्रकरण – टोपबहादुर सहितको मुद्दामा आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मुद्दामा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुनेभएको छ ।

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १६ जनाले दायर गरेको रिटमा उच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको हो । यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *