नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज प्रधान कार्यालय,कमलादी काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०७९।८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९।८० को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
साथै कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त छ । उक्त साधारणसभाले आ.व. २०८०।८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।