सहयोगी साकोसको नवनिर्मित भवन उदघाटन
काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटमा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उदघाटन भएको छ । संस्थाको ३० औं स्थापना दिवसको अवसर पारेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भवनको उदघाटन गरेकी हुन् । संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यमा संस्थाले २९औं बार्षिक साभारण सभा समेत सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले आ व २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन र आ व २०८०।८१ को लागि नीति तथा कार्यक्रम, कोषाध्यक्ष अन्जित कुमार श्रेष्ठले आ व २०७९।८० को आर्थिक प्रतिवेदन, आ व २०८०र८१ को लागि अनुमानित आयब्यय र कार्यक्रम बार्षिक बजेट पेश गरेका थिए ।
त्यसैगरी लेखा सुपरिवेक्षणको प्रतिवेदन समितिका सदस्य राजेश श्रेष्ठले, ऋण उप समितिको प्रतिवेदन संचालक रामहरी थापा, शिक्षा उप समितिको प्रतिवेदन संचालक कर्साङ लामा र महिला उप समितिको प्रतिवेदन संचालक सुनिता अधिकारीले प्रस्तुत गरेकी थिइन्। सभाले आ व २०७९।८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक बचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुवित्त तर्फ उत्कृष्ठ बचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो। सभाले रामेश्वर श्रेष्ठको अध्यक्षतामा आगामी चार वर्षको लागि नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन समेत गरेको छ।