नक्कली शरणार्थी प्रकरणमा बालकृष्णको बहस सकियो, टोपबहादुरको आज हुँदै

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट सोमबार उच्च अदालत पाटनमा बहस सकिएको छ ।

गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रमामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँडका तर्फबाट वकालत गर्ने क्रममा कानून व्यवसायीहरुले खाँडको बहस सकेका हुन् ।

खाँडको तर्फबाट बहस सएिपछि आजदेखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस शुरु हुनेछ । खाँडको तर्फबाट आइतबार पनि बहस भएको थियो । पूर्व गृहमन्त्री खाँडको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले बहस गरेका थिए ।

जिल्ला अदालत काठमाडौँले अभियोगी मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *