समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम


काठमाण्डौं । समृद्धि फाइनान्सले मंसिर २१ गते बिहीवार र मंसिर २२ गते संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी ५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *