हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई ६ लाख ३८ हजार दाबी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक आयोजित कार्यक्रमकाबीच दाबी रकम हस्तान्तरण गरेको हो। कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जनाएको छ। स्व. हर्क बहादुर साउद गाउले,छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएकाका थिए। उनले २०८२ भदौ ५ गते मसुरिया उपशाखामार्फत २ लाख रुपैयाँको जीवन बीमा लिएर प्रथम बीमा शुल्क ११ हजार ११० रुपैयाँ भुक्तानी गरेका थिए।

कम्पनीले बीमा तथा अन्य लागू हुने लाभअनुसार २ लाख रुपैयाँ बीमाङ्क, २ लाख रुपैयाँ दोहोरो दुर्घटना लाभ, २ लाख रुपैयाँ व्यक्तिगत दुर्घटना लाभ, २० हजार रुपैयाँ कृया खर्च, १० हजार रुपैयाँ पार्थिव शरीर व्यवस्थापन खर्च र ८ हजार ४०० रुपैयाँ बोनससहित कुल ६ लाख ३८ हजार ४ सय रुपैयाँ मृतक परिवारलाई प्रदान गरेको हो। दाबी रकम हस्तान्तरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका–४ का वडा अध्यक्ष जगतबहादुर शाही, कम्पनीका प्रदेश उपप्रमुख तारा सिंह बम र मसुरिया उपशाखा प्रमुख माया कुमारी बम जोशी उपस्थित थिए। उनीहरूले जीवन बीमाले कठिन परिस्थितिमा परिवारको दीर्घकालीन सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भविष्यमा दाबी प्रक्रियालाई अझ दक्ष, सहज र सेवा–मुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *