राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पाँच दलले दिए निवेदन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् ।

दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन आज (सोमबार) दिउँसो सम्म पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी गराएको छ । दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ । साथै फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *