नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण अख्तियारमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।
खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो । थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यस लगत्तै उनलाई सम्पति शुद्धीकरण विभाग लगिएको थियो ।
खाणसँग विभागले १५ लाख रकम माग गरेको थियो । सो रकम बुझाएका खाणलाई अहिले अख्तियारमा लगिएको हो । अख्तियारले उनीसँग धरौटी वा सामान्य तारेखमा छाडने निर्णय गरेपछि उनी आजै थुनामुक्त हुनेछन् ।