काठमाडौं जिल्ला अदालतमा टोकन प्रणालीको सुरुवात

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ ।

सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो । टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताए । उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताए ।

उनले भने , ‘‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तिमा सहज ढङ्गगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’’

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । उनले अबबाट उभिएरु सेवा लिनुपर्ने असहजता नहुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *